उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नू: रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ ।

उम्मेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यले एक पत्र जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।

निर्देशनमा प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा नेता–कार्यकर्तालाई सार्वजनिक टिप्पणी नगर्न भनिएको छ ।

रास्वपाका विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफू उम्मेदवार हुने, उम्मेदवारको आकाङ्क्षी रहेको, उम्मेदवारी घोषणा गरिसकेको वा उम्मेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा दिएको पाइएको भन्दै ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ ।

पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट हुने स्पष्ट नीति रहेको उल्लेख गरिएको छ ।

सोही प्रक्रिया अनुरूप रुपन्देही क्षेत्र नम्बर ३ का लागि मात्रै औपचारिक रूपमा उम्मेदवार चयन भएको पनि रास्वपाले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =