अबको महाधिवेशन नेतृत्व चयनको महाधिवेशन : उपमहासचिव गुरुङ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ११ औँ राष्ट्रिय महाधिवेशन नेतृत्व चयनको महाधिवेशन हुने बताएका छन् ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले नीति महाधिवेशन सम्पन्न गरिसकेकाले अब नेतृत्व चयनको महाधिवेशन हुने बताएका छन् ।

उपमहासचिव गुरुङले पार्टी र पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता पक्षमा उभिएकाले केही विमति भए पनि राष्ट्रिय स्वाधीनताको पहलेदार भने पक्कै रहेको बताए ।

उनले कम्युनिष्ट आन्दोलनको मुद्दा र राष्ट्रिय स्वाधीनताको मुद्दा बोक्ने नेता ओलीलाई नै फेरि पनि पार्टी नेतृत्वमा लैजानुपर्ने बताए ।

जनताको बहुदलीय जनवाद (जबज)को उत्तरअधिकारी कुनै परिवारको सदस्य नभई पार्टी अध्यक्षको हैसियतले ओली नै रहेको गुरुङको भनाइ थियो । ‘जबज भनेर हिँडेका मान्छे धेरै थिए । ती चुनाव हार्दै पार्टी छोड्दै हिँडे । त्यही भएर उनीहरु कोही पनि जबजको उत्तराधिकारी होइनन्’, उनले भने “जबजको व्याख्या र कार्यान्वयन गर्ने व्यक्ति केपी शर्मा ओली नै हुनुहुन्छ ।’

कार्यक्रममा एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले लेखेको ‘जनताको बहुदलीय जनवादका आधारहरू’ पुस्तक विमोचन गरिएको छ । नेता गौतमले पुस्तकमा मदन भण्डारीसँग आफूले काम गरेको अनुभव पुस्तकमा लेखेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nine =