निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्नेगरी काम गरिरहेका छौँ: उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्नेगरि काम गरिरहेको बताएका छन् ।
सोमवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् ।
उनले अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गर्ने, सरकारी नीतिगत र कार्यपद्धतिमा सुधार गर्ने गरि काम गरिरहेको जानकारी दिए । उनले वर्तमान सरकारले जेन–जी आन्दोलनको भावना अनुसार सुशासनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताए ।
उनले भने ‘अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गरी सरकारी नीतिगत र कार्यपद्धति दुवैमा सुधार गर्न प्रतिबद्ध मात्रै रहेका छैनौँ । त्यही दिशामा हामीले कार्यहरू अगाडी बढाएका पनि छौँ । अहिलेको सरकारले जेनजी आन्दोलनको मर्मलाई केन्द्रमा राखेर आफ्नो कार्य गरिरहेको समेत जानकारी गराउँछु ।’
उनले वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन गराउनु रहेको दोहोर्याए । सरकार सुशासन कायम र समयमा नै निर्वाचन गर्न प्रतिबद्ध रहेको उनको भनाई छ ।








