केन्द्रीय समितिको बैठकअघि कांग्रेसको पदाधिकारी बैठक बस्दै
२०८२ मंसिर १५ गते

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्ने भएको छ । सोमबार मध्यान्ह १२ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बोलाइएको कांग्रेस स्रोतले जनाएको छ ।
आगामी केन्द्रीय समिति बैठकमा पेश गरिने १५ औं महाधिवेशनको कार्यतालिकाबारे पदाधिकारी बैठकमा विस्तृत छलफल हुनेछ ।
पदाधिकारी स्तरमै कार्यतालिकामा सहमति जुटेपछि यसलाई केन्द्रीय समितिमा आधिकारिक एजेन्डाका रूपमा प्रस्तुत गरिने बताइएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुसको अन्तिम साताभित्र १५औं महाधिवेशन गर्ने प्रस्ताव आजको बैठकमा पेश गर्ने तयारी गरेका छन् ।
महाधिवेशन पछाडि वा अघि चुनाव गर्ने विषयमा उत्पन्न विवादका कारण कांग्रेसको केन्द्रीय समिति बैठक मंसिर ६ गतेदेखि स्थगित हुँदै आएको थियो ।
२०८२ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित








