समृद्ध नेपाल निर्माणको लागि सबै क्षेत्रमा एकताको खाँचो छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं । गैरआवासीय नेपाली संघको एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले समृद्ध नेपाल निर्माणको लागि सबै क्षेत्रमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताएका छन् ।

आईतवार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले सहमति, सहकार्य र एकताको खाँचो औँल्याएर नै संघको एकता गरिएको बताएका हुन् । उनले विभाजनको कारण संघ विगत चार वर्ष अत्यन्तै कठिन परिस्थितिमा पुगेको बताए ।

अफ्ठ्यारो परिस्थितिलाई एकता गरेर आफूहरुले देशमा नयाँ सन्देश दिन खोजेको उनको भनाई छ ।

उनले संघमा मात्रै नभएर समृद्ध नेपाल निर्माणका लागी नेपालका राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था सबैतिर सहमति, सहकार्य र एकताको खाँचो रहेको उल्लेख गरे ।

त्यो एकताको नेतृत्व संघले गरेको उनको भनाई छ । एकीकृत संघ अब समृद्ध नेपाल निर्माणको लागी लाग्ने उनले बताए ।

विदेशमा रहेका ज्ञान, सिप र पुँजी नेपाल भित्र्याउने अभियान यो एकताबाट शुरु भएको उनले बताए । उनले विभाजनले संघका मुद्दा कमजोर बन्नुका साथै नेपालमा लगानी भित्र्याउन पनि समस्या भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =