गैरआवासीय नेपाली नागरिकता पायौँ तर चलेको छैनः डा केसी

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संविधानअनुसार गैरआवासीय नेपाली नागरिकत्ता पाएपनि नचलेको गुनासो गरेका छन् ।

आईतवार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले यस्तो गुनासो गरेका हुन् । गैरआवासीय नेपाली नागरिकता नचल्नु देशको कमजोरी भएको उनले बताए ।

उनले आफूले दिएको कागज आफ्नै देशमा नचल्दा गैरआवासीय नेपालीहरुले आर्थिक कारोबार गर्न नपाएको बताए । उनले जग्गाजमिन पास लगायतका काम प्रभावित भएको उल्लेख गरे ।

यो समस्या छिट्टै समाधान गर्न उहाँले सरकारसंग आग्रह गरे । उनले गैरआवासीय नेपाली संघले खडा गरेको एनआरएनए नेपाल डेभलभमेन्ट फण्ड कानूनको अभावमा सञ्चालनमा ल्याउन नसकेको बताए ।

१०० मिलियन डलरको उक्त फण्ड संचालनको लागि सामान्य निर्देशिका समेत सरकारले बनाउन नसकेको उनको आरोप छ । उनले वर्तमान सरकारले सानोतिनो निर्देशिकाहरु परिवर्तन गरेर यो संयुक्त लगानीको वातावरण अब छिट्टै बनाउनेमा आफू आशावादी रहेको बताए ।

उनले गैरआवासीय नेपाली संघमा आएको विभाजनका कारण गैरआवसीय नेपालीको मुद्दा नै कमजोर बनेको बताए ।

विभाजनको विगत ४ वर्षमा ठूलो समस्या भोगेको उल्लेख गर्दै उनले सबैको अस्तित्व स्वीकार गरी अब कहिल्यै विभाजन नहुनेगरी एकता गरेको जानकारी दिए । उनले विभाजन गर्नै नमिल्ने गरी कानूनी व्यवस्था गर्न समेत सरकारसंग माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 15 =