प्रधानमन्त्री ताकाइचीको ताइवान टिप्पणीप्रति आक्रोशित जापानीहरू सडकमा
२०८२ मंसिर १४ गते

एजेन्सी । जापानी प्रधानमन्त्री साने ताकाइचीले चीनको ताइवानमा हालै गरेको गलत टिप्पणी र उनको निरन्तर पश्चातापको अभावको प्रतिक्रियामा जापानी जनताले टोकियोमा ठुलो मात्रामा विरोध प्रदर्शन गरेका छन् ।
ताकाइचीलाई आफ्नो बयान फिर्ता लिन माग गरेका छन् । नोभेम्बर २१ र २५ मा भएको विरोध प्रदर्शनपछि सयौँ मानिसहरू फेरि प्रधानमन्त्रीको आधिकारिक निवास अगाडि भेला भएका हुन् ।
प्रदर्शनकारीहरूले ताकाइचीले राजीनामा दिनुहोस्, इतिहास कहिल्यै नबिर्सनुहोस्, उही गल्तीहरू कहिल्यै नदोहोर्याउनुहोस् लेखिएका प्लेकार्डहरू बोकेका थिए । ताकाइचीले सैन्यवादको भूतसँग हात मिलाएको चित्रण गर्ने कार्टुन समातेर प्रदर्शनकारी र्योले जापान सैन्यवादी बन्न सक्नेमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।
हालै ताइवानबारे चीनलाई लिएर प्रधानमन्त्री साने ताकाइचीले गलत टिप्पणी गरेको जापानीहरूको आरोप छ ।
२०८२ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित








