क्यान र एमसीसीबीच एनपीएलमा ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ सुरु गर्ने सम्झौता

काठमाडौं । क्रिकेट संघ नेपाल (क्यान) र विश्व क्रिकेटको सर्वोच्च संस्था मेरीलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा नयाँ इतिहास रच्दै ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ सुरु गर्ने घोषणा गरेका छन् ।

यो अवार्ड प्रत्येक संस्करणमा खेलको साँचो मर्म–निष्पक्षता, आत्मसम्मान, प्रतिद्वन्द्वीप्रति आदर र उत्कृष्ट खेल भावना कायम गर्ने फ्रेन्चाइज टिमलाई प्रदान गरिनेछ ।

काठमाडौँमा आयोजित विशेष कार्यक्रममा क्यानका सचिव तथा पूर्व कप्तान पारस खड्का र एमसीसीका क्रिकेट तथा अपरेसन्स डाइरेक्टर रोब लिन्चले संयुक्त रूपमा यो अवार्डको औपचारिक घोषणा गरे ।

यो अवार्ड एमसीसीले विश्वभर क्रिकेटको उच्च मूल्य–मान्यता प्रवद्र्धन गर्न बनाएको ‘स्पिरिट अफ क्रिकेट’ अभियानको एउटा हिस्सा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =