जाँदाजाँदै टंकलाल घिसिङले भनेः २०९ राष्ट्रिय खेल संघलाई २ अंकमा झारेँ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले २०९ ओटा राष्ट्रिय खेलकुद संघलाई आफूले २ अंकमा झार्ने प्रतिवद्धता पूरा गरेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा बिदाई कार्यक्रममा बोल्दै उनले वर्तमानमा खेल संघहरुको संख्या घटेर ६३ पुगेको बताए ।

उनले चार वर्षे कार्यकालमा सक्रिय संघहरुमा निर्वाचन सम्पन्न गराएको र ५० भन्दा बढी खेल सङ्गठनमा निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै आफनो कार्यकाललाई सबैभन्दा बढी निर्वाचन भएको अवधि भनि बताए ।

आफ्नो कार्यकालमा नै खेलकुदको इतिहासमा सबैभन्दा धेरै निर्वाचन गराएको दाबी गरे ।

उनले भने– ‘मैले २०९ राष्ट्रिय खेल संघलाई २ अंकमा झार्छु भनेर एउटा प्रतिवद्धता गरेको थिएँ । आज ६३ को सङ्यामा राष्ट्रिय खेल संघ रहेको छ र यो निर्माणका निमित्त तपाईंहरुले गर्नुभएको योगदानलाई म प्रशंसा गर्न चाहन्छु । चार वर्षको खेलकुदको इतिहासमा सबैभन्दा बढी निर्वाचन भएको कुनै कार्यकाल छ भने सायद मेरो होला । ५० भन्दा खेल संगठनमा निर्वाचन सम्पन्न भएको छ, म यसका लागि सबै खेल क्षेत्रका पदाधिकारी साथीहरुलाई बधाई ज्ञापन गर्न चाहन्छु, धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

उनले आगामी दिनमा नेपाली खेल क्षेत्रको पुनःसंरचना र यसका विवादहरुको निरुपणको विषयमा चालिने सबै बहसका क्षेत्रमा आफूले सहभागिता जनाउने बताए ।

त्यस अवसरमा मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीहरुलाई किट्स वितरण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =