एनपिएलमा राम्रो गरेर राष्ट्रिय टिमको क्याम्प पर्न सकिँदैन : विनोद भण्डारी

काठमाडौं । सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले पहिलो सिजन राम्रो प्रदर्शन गर्दा राष्ट्रिय टिमको क्याम्पमा नपरेको बताएका छन् ।

लुम्बिनी लायन्ससँगको जितमा अर्धशतकसँगै अर्धशतक बनाएका विनोदले एनपिएलमा राम्रो गर्दा राष्ट्रिय टिममा स्थान बनाउन सकिन्छ भन्नेबारे विश्वस्त नरहेको संकेत गरेका छन् । गत सिजन आफूले राम्रो गर्दा पनि क्याम्पमा पनि नपरेको उनको भनाइ छ ।

त्यसैले एनपिएल विश्वकपको सेलेक्सन म्याच हो भन्न नसकिने विनोदले उल्लेख गरेका छन् । उनले एनपिएल आइसिसी टी ट्वान्टी विश्वकपको छनोट म्याच हो भन्ने नसकिने बताएका हुन् ।

उनले ५० ओभर र टी ट्वान्टी फरम्याट दुवैमा छनोट उस्तै भएकाले राम्रो प्रदर्शन गरेर राष्ट्रिय टिममा पर्छु भन्ने नलागेको भन्दै कटाक्ष गरेका छन् । यदि उनले एनपिएल र पिएम कप छनोट प्रतियोगिता हो भनेर भन्न नसकिने बताएका छन् ।

किनकी पिएम कपमा टप फाइभ प्रदर्शन गर्ने खेलाडी नै राष्ट्रिय टोलीमा नपरेको उनको भनाइ छ । चारमा चार जितेकाले टोलीको माहोल पनि राम्रो रहेको उनको भनाइ छ ।

सबै खेलाडीको माइन्ड सेटमा सकारात्मक बनिरहेको पनि उनी बताउँछन् । मैदान प्रवेश गरेपछि सबै राम्रो प्रदर्शन गर्न नै जाने हो ।

टिममा राम्रो पावर हिटर भएकाले आफूलाई पनि बिना दबाब खेल्न सहज भएको उल्लेख गरे ।

अहिले नै फाइनल जित्ने भन्ने सोचेका छैनौं र हरेक खेलमा कसरी राम्रो खेल्ने भन्नेमा ध्यान दिएको उनी बताउँछन् ।

अहिले नै फाइनलका बारे सोचेर खेल्ने हो भने दबाब आउन सक्ने उनको बुझाइ छ । जतिसक्दो धैर्य भएर खेल्नुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fifteen =