असन्तोषको एउटा कारण सामाजिक सुरक्षाको प्रत्याभुति नहुँदाको परिणाम : शंकर पोखरेल

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले समाजमा देखिएको असन्तोषको एउटा कारण सामाजिक सुरक्षाको प्रत्याभुति नहुँदाको परिणाम रहेको बताएका छन् ।

८ औं सामाजिक सुरक्षा दिवसको अवसरमा नेपाल टे«ड युनियन महासंघले आयोजना गरेको सामाजिक सुरक्षाः वर्तमान अवस्था र भावी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले समाजमा देखिएको अराजकता, असहिष्णुताले देश, राष्ट्रप्रतिको लगाव कमजोर बनाउँदै लगेको बताएका हुन् । त्यसलाई सुधार गर्ने सशक्त माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुनसक्ने बताए ।

एशियाली समाज सामाजिक र पारिवारिक सम्बन्धमा आधारित भएपनि क्रमशः सूचना र प्रविधिको तिब्रताका कारण विघटनतर्फ गइरहेको बताए ।

भविष्यप्रतिको सुरक्षावोध नागरिकमा पैदा गर्नसके सामाजिक मूल्य, सांस्कृतिक मान्यतातर्फ फर्काउन सकिने उल्लेख गरे ।

महासचिव पोखरेलले अनौपचारिक क्षेत्र असंगठित रहेका कारणले उत्पन्न भएको समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे । श्रमीक पञ्जीकरण उपलब्धीमुलक काम भएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =