प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञहरुको मन्त्रीपरिषद् हुनुपर्छ : राजेन्द्र श्रेष्ठ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञहरुको मन्त्रीपरिषद् हुनुपर्ने बताएका छन् ।

बिहीवार नेपाली कम्युनिष्ट पार्टीले यसबारे एजेण्डाहरु उठाएकाले एकता गरेको बताएका हुन् । उनले जेनजी आन्दोलनमा सामाजिक सञ्जाल प्रतिवन्ध, भ्रष्टाचार र सुशासनको कुरा उठेको भएपनि पछिल्लो समय राजनीतिक स्थिरता हुनुपर्ने माग उठिरहेको बताए ।

राजनीतिक स्थिरता बिना देश समृद्ध नहुने, सुशासन कायम गर्न नसकिने उनको भनाइ छ । शासकीय स्वरुप परिवर्तन हुनु जरुरी रहेको उनको भनाइ छ ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रबाट अब संघीय समाजवादतर्फ अघि बढ्नुपर्ने जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =