कृष्णबहादुर महरालाई २० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले पूर्व सभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

भेपमार्फत सुन तस्करी गरेको प्रकरणमा  पक्राउ परेका महरालाई रिहा गर्न आदेश दिइएको हो ।

न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो र तीन वर्षभन्दा बढी कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो ।

उनीमाथि विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर ल्याएको माल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लगाइएको थियो ।

१० पुस २०७९ मा फ्लाई दुबईको एफजेट ०५८७ नम्बरको फ्लाइटमार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई वटा सुटकेशमा भेप देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ती वस्तु नियन्त्रणमा लिएको थियो । हानसोङ भने पासपोर्ट फिर्ता लिएर भोलिपल्टै काठमाडौं छाडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =