ईश्वर पोखरेलले गरे एमाले अध्यक्षको उम्मेदवारी घोषणा, ओलीसँग भिड्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आगामी महाधिवेशनमा अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने स्पष्ट पारेका हुन् ।

यसअघि बसेको पार्टी सचिवालय बैठकमा पनि पोखरेलले आफू अध्यक्ष पदको दावेदार हुने जानकारी गराइसकेका थिए ।

तर मंगलबार औपचारिक विज्ञप्तिमार्फत उम्मेदवारी घोषणा गर्दै उनले संस्थागत पुनर्गठन र रुपान्तरणका लागि देशभरका नेता–कार्यकर्ताबाट प्राप्त आग्रह र सुझावलाई सम्मान गर्दै अघि बढ्ने बताए ।

पोखरेलले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण प्रक्रियामा सकारात्मक भूमिका खेल्ने अपेक्षा राखेको उल्लेख गरेका छन् ।

उता, मंसिर अन्तिम साता निर्धारित एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष ओलीले नेतृत्व नछाड्ने तयारी गरिरहेको बुझिएको छ । तेस्रोपटक अध्यक्ष बन्नका लागि ओलीले यसअघि नै पार्टी विधान संशोधन गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fourteen =