प्रधानमन्त्रीले समय नदिएपछि सिंहदरबारमा जेनजी समूहको प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै जेनजी समूहले सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री कार्कीले जेनजी पुस्ताको माग सम्बोधन नगरेको तथा भेट्न समेत नदिएको भन्दै मिराज ढुंगाना समूहले मंगलावार सिंहदरबार गेट अगाडि प्रदर्शन गरेको हो । सिंहदरबार प्रवेश गर्न खोज्दा ढुंगाना समूह र प्रहरीबीच धकेलाधकेल समेत भएको छ ।

प्रदर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै ढुंगानाले वर्तमान सरकार जेनजी पुस्ताको मागप्रति गम्भीर नभएको आरोप लगाए ।

उनले आफूहरुले सुशासन मागेकै भएपनि प्रधानमन्त्रीले जेनजीका माग पूरा नगरी निर्वाचनको मात्र रटान लगाइरहेको आरोप समेत लगाए ।

आफूहरुका माग पूरा नभएसम्म आन्दोलन नछोड्ने उनको चेतावनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + sixteen =