प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्‍यो दल दर्ता

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचनका लागि दल दर्ता गरेको छ ।

एमालेका निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले निर्वाचन आयोग पुगेर दल दर्ताको निवेदन दिएका हुन् ।

दल दर्तापछि विभाग प्रमुख आचार्यले एमाले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले त्यसै अनुसार दल दर्ता गरिएको बताए ।

प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय छ । सोमबारसम्म ६४ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका थिए ।

एमाले ६६ नम्बरमा दर्ता भएको हो । निर्वाचन आयोगमा दर्ता दलको संख्या १३५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =