एमाले महाधिवेशन प्रतिनिधिको उम्मेदवार शुल्क: १ हजार बढी लिन नपाइने
२०८२ मंसिर ९ गते

काठमाडौँ । नेकपा एमालेले महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी शुल्क एक हजार भन्दा बढी नउठाउन निर्देशन दिएको छ ।
संगठन विभागले उम्मेद्वारी शुल्कमा सीमा तोकेको हो ।
संगठन विभागका अनुसार केही जिल्लाहरूमा अस्वाभाविक शुल्क लिइएको गुनासो आएपछि उक्त सीमा तोकिएको हो ।
साथै प्रतिनिधि छनोट १३ मंसिरमै सक्न पनि संगठन विभागले निर्देशन दिएको छ ।
२०८२ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित








