नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ को उपविजेता नेपाली टिमलाई बधाई दिइन् । श्रीलंकामा सम्पन्न विश्वकपमा नेपाल उपविजेता भएको थियो ।

‘दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ श्रीलंकामा सहभागी हुन पुगेको नेपाली क्रिकेट टिम उपविजेता बन्न सफल भएको छ । फरक शारीरिक अवस्था र दैनिक जीवनका अनेक चुनौतीका वावजुद विश्वमा नेपाल र नेपालीको शीर उच्च राख्ने टिमलाई हार्दिक बधाई’, प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत दिएकी छन् ।

विश्वकपको फाइनलमा नेपाली टोली भारतसँग सात विकेटले पराजित भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + sixteen =