रास्वपाका काठमाडौँ जिल्ला सभापति प्रदीप विष्टले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्लाका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन् ।

उनले आइतबार पार्टी नेतृत्वलाई पत्र लेख्दै आफूले जिल्लाको नेतृत्व सम्हालिरहन नसक्ने निष्कर्षमा पुगेको बताएका हुन् ।

विष्टका अनुसार पार्टी संगठनमा देखिएका समस्या, बेथिति, निर्णयहीनता र पारदर्शिताको अभावबारे पटक–पटक ध्यानाकर्षण गराए पनि कुनै प्रभावकारी प्रतिक्रिया वा मार्गदर्शन नआएपछि राजीनामा दिन बाध्य भएका हुन् ।

उनले राजीनामा पत्रमा लेखेका छन्, ‘६ पटक लिखित पत्राचार, ३ पटक औपचारिक बैठक र धेरै अनौपचारिक संवादमार्फत तथ्यहरू प्रस्तुत गर्दै सुधारका लागि ठोस, समयानुकूल र नीतिगत निर्देशन मागेँ। तर यति बेला कुनै पनि स्पष्ट वा उत्तरदायी मार्गदर्शन प्राप्त हुन सकेन ।’

विष्टले जिल्लाको नेतृत्व सम्हाल्ने व्यक्ति भएर स्थानीय तहका हजारौँ कार्यकर्ता तथा मतदातालाई आश्वासन र भरोसा मात्र बाँडेर गुमराहमा राखिरहनु आफूले नस्वीकार्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =