भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह

चरिकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललार्ई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । उनले विद्यालय शिक्षा अध्ययन गरेको श्री कालिनाग माध्यामिक विद्यालयमा अभिनन्दन तथा सम्मान गर्न गरिएको छ ।

मन्त्री खरेललाई गृह जिल्लावासीले भ्रष्ट्राचारमा शून्य सहनशिलताको नीतिअनुसार अगाडि बढ्न र देशमा सुशासन कायम गर्न भूमिका खेल्न आग्रह गरेका छन् ।

उनले देशको अवस्था परिवर्तनका लागि आवाज उठाउँदा युवाहरूले गोली खानुपरेको भन्दै त्यही जगमा आफू मन्त्री बनेकाले सुशासनका लागि प्रतिबद्ध रहेको बताए ।

उनले भने “यहाँहरू सबैलाई जानकारी छ । देशमा सबैलाई अवसर, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता, भ्रष्टाचार अन्त्यको कुरा उठाउँदा धेरै युवाले ज्यान गुमाउनुप¥यो । धेरै अङ्गभङ्ग छन् । मन्त्रालयमा आइसकेपछि आफूले पनि धेरै बेथितिले घेरिएको देखेको छु । यसलाई सङ्लो बनाउन केही दिन, महिना र समय लाग्छ, तर प्रतिबद्ध भएर काम गरिरहेका छौँ ।”

मन्त्री खरेल आफ्नो जन्मभुमी कालिञ्चोक–८ सुनखानी भएकाले यस क्षेत्रको माया नमारेको तर हालको विषम परिस्थितिमा आफ्नो क्षेत्र मात्र हेरेर बस्ने अवस्था नरहेको बताए । उनले विद्यालयमा राजनीति नगरी विद्यालय र विद्यार्थीको हितलाई मात्र केन्द्रमा राखेर काम गर्न आग्रह गरे ।

मन्त्री खरेलले कुनै नेताको पछि लागेर छोराछोरी र घर परिवारको भविष्यमा खेलवाड नगर्न पनि सचेत गराए । उनले सबै पाटी खत्तम छन् भन्ने भ्रम चिरेर राम्रो मान्छेलाई अगाडि ल्याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =