ममाथि नेविसंघका कार्यकर्ताले आक्रमण गरे : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले आफूमाथि नेपाली काँग्रेसका युवाहरूले आक्रमण गरेको आरोप लगाएका छन् ।

आज विराटनगरमा बस्नेतमाथि छ्यापे रातो मसी छ्यापिएको थियो ।

बस्नेतमाथि आक्रमण गर्नेहरू नेपाल विद्यार्थी सङ्घ महेन्द्र मोरङ क्याम्पसका इकाई सभापति संजोग गौतम र सदस्य अर्पित कुँवर रहेको बताए । ‘बिराटनगरमा ममाथि आक्रमण गर्ने नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पसका इकाइ सभापति सन्जोग गौतम र सदस्य अर्पित कुँवर हुन्,’ उनले भने ।

उनले यसअघि त्यस्तै आरआर कलेजमा कालो ज्याकेट देखाउने काभ्रेका नेकपा एसका बेथानचोक वडाका अध्यक्ष रहेको उनले बताए । बारा सिमरामा सरकारी कार्यालयदेखि निजी घरमा आगजनी गर्ने सम्राट उपाध्याय, पूर्वमन्त्री किसान श्रेष्ठको घरमा धक्का–मुक्का र लुटपाट गर्न पुगेका सुदन गुरुङसहितको टोली माओबादी र टिबटियन ओर्जिनल ब्लडका ब्यक्तिहरु रहेको उनले बताए ।

उनले जेनजीको नाममा व्यापक घुसपैठ भएको तथ्य स्पष्ट भएको उनले बताए । उनले सिङ्गो देश राजनैतिक दल र नगरिक सचेत हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seven =