जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइयो
२०८२ मंसिर ७ गते

काठमाडौं । सीताराम विवाह पञ्चमीको अवसर पारेर जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइएको छ ।
जनकपुरधाममा शोभा यात्रापछि चुनरी माता जानकीलाई चढाइएको हो ।
भारत, सुरतको जीन माता ट्रस्टले पठाएको उक्त चुनरी माता जानकीलाई चढाएको सीताराम गौशाला जनकपुरधामका अध्यक्ष मनोज रुंगटाले जानकारी दिए ।
जीन माता ट्रस्टले यस अघि पनि सयौँ मन्दिरहरुमा चुनरी चढाउँदै आइरहेको छ ।
पछिल्लो वर्ष समेत विवाहपञ्चमीको अवसरमा चुनरी अर्पण गरेको ट्रष्टले यस वर्ष पनि जानकी मन्दिरमा पनि चुनरी चढाइएको हो ।
२०८२ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








