जेनजी आन्दोलन अमेरिकाद्वारा सञ्चालित हो: मोहनविक्रम सिंह

काठमाडौँ । अग्रज नेता मोहनविक्रम सिंहले जेन–जी आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताएका छन् ।

शनिवार काठमाडौँमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको सरकार जेन–जी आन्दोलनको परिणाम भएपनि आन्दोलन अमेरिकाबाट सञ्चालित रहेको बताए ।

अमेरिकासँग सम्बन्धित व्यक्तिहरू नै सरकार बनाउने खेलमा सक्रिय रहेको उनको भनाइ छ । जेन–जी आन्दोलनको परिणाम र एनजिओ, आइएनजीओसँग सम्बन्धित व्यक्तिहरू अहिलेको सरकारमा रहेको बताए । विभिन्न पछिल्ला गतिविधिहरूले उनीहरूको चरित्रलाई उदाङ्गो बनाइदिएको उल्लेख गरे ।

उनले भने ‘यो सरकार मूल रूपमा जेन–जी आन्दोलनको परिणाम हो । जेन–जी आन्दोलन मूल रूपमा अमेरिकाद्वारा सञ्चालित हो । त्यसका मान्छेहरू पनि बढी अमेरिकाप्रति सम्बन्धित, बार्बरा फाण्डेशनसँग सम्बन्धित छ । एनजिओ, आइएनजीओसँग सम्बन्धित छ । त्यसले आफ्नो चरित्रलाई उदाङ्गो बनाएको छ । यो जेन जी आन्दोलनलाई गलत तत्त्वहरूले बीचमा हाइज्याक गरे । जेनजी आन्दोलनभित्र गलत तत्त्वहरूको प्रयोग भएको छ । हाइज्याक गरेको छ । यसले मूल रूपमा जेन जी आन्दोलन रहेको छैन ।’

नेता सिंहले कुनैपनि देशको राजनीतिमा मूल भूमिका राजनीतिक दलहरूले नै खेल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =