लुम्बिनीविरुद्ध कर्णालीको ‘फिल्डिङ’ रणनीति

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को माहोल तातिएसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (शनिबार) को पहिलो भिडन्त सुरु भएको छ ।

प्रतियोगिताको महत्त्वपूर्ण खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर रणनीतिक रूपमा पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन् । कप्तान सोमपालको यो निर्णयसँगै लुम्बिनी लायन्सले ब्याटिङको निम्तो पाएको छ।

आजको खेल दुई फरक मनोस्थितिमा रहेका टोलीबीचको लडाइँ हो। लुम्बिनी लायन्स उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ । आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुआत गरेको लुम्बिनी, आज लगातार दोस्रो जित निकाल्दै अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने दाउमा छ ।

अर्कोतर्फ, कर्णाली याक्सका लागि आजको खेल प्रतिष्ठाको लडाइँ बनेको छ । आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटको पराजय भोगेको कर्णाली, आज जसरी पनि प्रतियोगितामा पहिलो जित दर्ता गराउन चाहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seventeen =