पोखराका प्रशिक्षक भन्छन्– अझै पनि प्रतियोगितामा फर्कने अवसर छ

काठमाडौं । लगातार दोस्रो हारपछि पोखरा एभेन्जर्सका प्रशिक्षक राजीव कुमारले टोलीमा राम्रो बलर भए पनि योजनाअनुरूप बलिङ हुन नसकेको बताएका छन् ।
दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि पोखराका प्रशिक्षक राजीवले योजनाअनुरूप बलिङ नभएको बताएका हुन् । उनले आफ्ना कप्तान कुशल भुर्तेल उत्कृष्ट ब्याटर रहेको पनि उल्लेख गरे ।
कुशलले विश्वको कुनै पनि ठाउँमा गएर खेल्न सक्ने क्षमता रहेको उनको भनाइ थियो । उनले आफ्ना बलरले राम्रो बलिङ गरे पनि टी ट्वान्टी कहिलेकाहिँ खराब नतिजा प्राप्त हुने बताए ।
उनले आफ्ना ब्याटरले राम्रो कमब्याक गरे सफल हुन नसकेको र पावरप्लेमा छिट्टै विकेट गुमाउनुले दबाब भएको उल्लेख गरे ।
प्रशिक्षक राजीवले नतिजा नआए पनि अभैm मिहेनत गरेर आगामी खेलमा जित निकाल्ने विश्वास व्यक्त गरेका छन् ।
उनले क्वालिफायरमा पुग्न अभैm पाँच खेल रहेकाले पुनरागमन गर्न सकिने आशा व्यक्त गरे । उनले ब्याटरबीच राम्रो कम्युनिकेस हुन नसक्दा सुरुमा नै दबाब भएको उल्लेख गरे ।








