रामजानकी विवाहपञ्चमी महोत्सवः मनाइयो फूलबारी लीला

काठमाडौँ । रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइएको छ ।

सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लीला मनाइएको हो ।

भगवान राम र लक्ष्मणको प्रतिकका रूपमा रहेका बालकलाई जानकी मन्दिर छ्ेउमै रहेको विवाहमण्डपको फूलबारीमा सीताको प्रतिकको रुपमा रहेकी बालिकासंग भेट गराई फूलबारी लिला मनाइएको हो ।

त्रेता युगमा राम र लक्ष्मण जनकपुरधाम आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँगै फूल टिप्न गएकी सीतासँग पहिलो पटक भेट भएको वाल्मिकी रामायणमा उल्लेख छ । त्यसकै स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत फूलबारी लिला गरिन्छ ।

मंसिर ४ गतेबाट शुरु भएको विवाहपञ्चमी महोत्सव मंसिर १० गतेसम्म चल्नेछ । तेस्रो दिन मंसिर ६ गते गते धनुष यज्ञ, ७ गते तिलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयम्वर तथा विवाह र १० गते रामकलेवा विधिसँगै विवापञ्चमी महोत्सवको समापन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =