आत्महत्या दुरुत्साहन: बाबुल गिरी ३ लाख धरौटीमा रिहा

काठमाडौं । काठमाडौं जिल्ला अदालतले गायिका नितु पौडेलको आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरीलाई रिहा गर्न आदेश दिएको छ ।

अदालतले उनलाई ३ लाख धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशपछि गिरीले धरौटी रकम बुझाएर रिहा भएका छन् ।

प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार गिरीले अदालतको आदेश अनुसार धरौटी रकम बुझाएपछि उनलाई रिहा गरिएको हो ।

नितु पौडेलको निधन पछि उनका परिवारले गिरीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीमा जाहेरी दिएका थिए ।

नितुका बुबा रमेशप्रसाद पौडेलले छोरीको मृत्युको कारण गिरीको क्रियाकलापलाई जिम्मेवार ठहर गर्दै गिरीको विरुद्ध उजुरी दिएका थिए ।

नितु पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । उनलाई तत्काल कीर्तिपुरस्थित वर्न अस्पताल पुर्याइएको थियो, जहाँ उपचारको क्रममा उनको निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =