माइतीघरमा जेनजी समूहको धर्ना
२०८२ मंसिर ५ गते

काठमाडौँ । माइतीघर मण्डलामा जेन–जी समूहले धर्ना दिएको छ ।
शुक्रवार जेनजी घाइते समूहले काठमाडौँको माइतीघर मण्डला पुगेर धर्ना दिएका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेन–प्रदर्शनका क्रममा उनीहरू घाइते भएका थिए । आज नै नेकपा एमालेले यूथ भोलेन्टियर्स फोर्सको प्रदर्शन गरेको छ ।
दुवै समूह आपसमा भेट हुँदा हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गरेर सरकारले ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

२०८२ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








