नेपाललाई ‘स्पोर्ट टुरिजम’ का रूपमा विकास गर्नुपर्छ: विनायक शाह

काठमाडौँ । होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक शाहले नेपाल प्रिमियर लिग (एनपीएल) ले देशको खेलकुद र पर्यटन क्षेत्रमा अभूतपूर्व गतिशीलता थपेको बताएका छन् ।

गत वर्षबाट सुरु भएको एनपीएल दोस्रो सिजनमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च चासोको विषय बनेको र यसले स्पोट्र्स पर्यटनलाई नयाँ आयाम दिन सकेको बताए ।

अध्यक्ष शाहकाअनुसार एनपीएलले देशभरका दर्शकलाई एक ठाउँमा ल्याएको छ । जसले सामाजिक एकता र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पारिरहेको छ । उनकाअनुसार पहिले पूर्वाधार नभएकै कारण धेरै योजना सम्भव थिएनन्, तर एकै वर्षमै कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटजस्ता संरचना तयार भएपछि खेल पर्यटनको लागि नयाँ ढोका खुलेको शाहले बताए ।

उनकाअनुसार दक्षिण एशियालाई ‘क्रिकेट पावरहाउस’ हो, नेपाल अब इमर्जिङ राष्ट्रको रूपमा अगाडि बढिरहेको उनको भनाइ छ । भारत–पाकिस्तानबीचको तटस्थ स्थानमा भइरहेको खेलहरूले दुबई र अबुधाबीले ठुलो आर्थिक फाइदा लिएको उदाहरण प्रस्तुत गर्दै उनले नेपालले पनि त्यस्तो अवसर उपयोग गर्न सक्नुपर्ने बताए ।

होटल एशोसिएसन नेपाल ९हान० अध्यक्ष शाहसँगले भने ‘गत वर्षबाट सुरु भएको एनपीएलले एकदमै देश विदेशमा लोकप्रियता हसिल गरेको छ । अब यसपालि हाम्रो दोस्रो सिजन भइरहेको छ । यसपालि अझ बढी राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नै चासो त्यसको सबैले फलो गरिराखेको अवस्था हो । यसले के देखाउँछ भन्दाखेरि अब खेलले पहिला त हाम्रो देशका सबैलाई यसलाई जोड्छ, एक ठाउँमा ल्याउने भयो । यसले आर्थिक पाटोमा र यसले अब सामाजिक कुराहरूमा जोड्या छ ।

अब यो यसले के देखायो भने अब हाम्रो पहिला चैँ सीमित पूर्वाधार भएको हुनाले हामीले गर्न नसकेका कुराहरू पनि कति चैँ गरिन्थ्यो तर पूर्वाधारले साथ नदिएकाले धेरै रूपमा गर्न सकिएको थिएन । यसपालि एकै वर्षमा हामीले त्यो कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय स्टेडियममा फ्लटलिड भयो, त्यसमा प्यारापिटहरु भए, यसले गर्दा अगाडी बढ्नसक्ने पूर्वाधारहरू पनि देखियो । यसले हामीलाई चाहिँ अगाडी कसरी बढ्ने के गर्ने भन्ने कुराहरू अब राष्ट्रिय रूपमा यसले बाटो देखाइ हाल्यो ।

स्पोट्र्स टुरिजमलाई पनि यसले विकास गराउन मज्जालेसक्छ । त्यसको लागि अब हामीले के गर्ने कसो गर्ने कहाँ गर्ने अब अन्तर्राष्ट्रिय रूपमा भन्नेसम्बन्धमा योजना बनाउनुपर्छ । दक्षिण एसियामा क्रिकेट भनेको एउटा पावर हाउस नै हो । दक्षिण एसियामा भारत पाकिस्तान बङ्गलादेश श्रीलंका अफगानिस्तान टेस्ट प्लेङ राष्ट्र हुन् । अब त्यसमा नेपाल पनि इमर्जिङ राष्ट्र हो । यो हिसाबले हामी अगाडी बढ्नुपर्छ । विगतका कुरा हेर्दा भारत र पाकिस्तानको क्रिकेट प्रतियोगिता हुन्छ, एक आपसमा उनीहरू आफ्नो देश भन्दा नि बाहिर तटस्थ स्थानमा गएर खेलेको अवस्था हो । त्यसको त्यो फाइदा दुबइले सार्जले अबुधाबीले मनग्य उठाएको छ । इन्डिया र पाकिस्तानको म्याच भयो भने त्यहाँ त्यहाँको होटेलदेखि एयरलाइनको सिट पाइँदैन । त्यसरी त्यहाँको विकासमा खेलले सघाइरहेको छ । अब हामीले पनि त्यो अभ्यास गर्नुपर्छ । किनभने भारत र पाकिस्तानसँग हाम्रो राम्रो सम्बन्ध छ ।

अब पिपल्स टु पिपल स्ट्रंग सम्बन्ध छ, त्यसले गर्दा हामीले अगाडी चाहिँ काम गर्न थालेर यसबाट हामीले मनग्य फाइदा उठाउन सक्छौ । क्रिकेट त एउटा भयो सुरुवात हुन्छ, हामी कहाँ भौगोलिक परिस्थिति हो अब त्यसमा यहाँको हावा पानी वातावरण जुन छ । हाम्रो सगरमाथाको देशमा २०० समुद्रको सतह भन्दा माथिबाट संसारको सबैभन्दा अग्लो स्थान हाम्रो देशमा छ । यसर्थ यसको भौगोलिक अवस्थितिलाई फाइदा उठाउने खेलहरू धेरै छन् । जस्तो– हाम्रो अब लुम्बिनीबाट सगरमाथा बेस क्याम्पमा म्याराथोन गर्न सकिन्छ । यस्तो कुराहरू हामीले संसारलाई तान्छ । त्यो सम्भव पनि छ । त्यसका लागि व्यवस्थापन गर्नुपर्ला, लजिस्टिक बढाउनु पर्ला त्यो गर्न सकिन्छ । अब हामी भारत र चीनको बीचमा छौँ । अब त्यो लाखौँ मान्छेहरू गल्फ प्रेमी मान्छेहरू भारतमा, चीनमा छन् । जो सम्पन्न मान्छे छन् उनीहरू नेपालमा आएर गल्फ खेल्न सक्छन् । हामी सँग गल्फ कोर्सहरू पनि छ र त्यो गर्न सकिन्छ ।’

त्यस्तै अब अलिकति एडभेन्चर स्पोट्र्स माउन्टेन बाइक हुनसक्छ । जस्तो हाम्रो ग्रेट हिमालयन ट्रेल छ । पूर्वदेखि पश्चिमसम्म जुन हुलाकी राजमार्ग तयार भइसकेको छ । त्यस्तै, अब मोटरसाइकलका रेसहरू जस्तो रोयल इन्फिल्डले हाम्रो पहाडका ठाउँमा गएर त्यो रेसहरू गर्न सकिन्छ । विगतमा हामीले हेर्दाखेरि काठमाडौँबाट ढाका बिटल्स, हाम्रो भक्सवागनको गाडीहरू काठमाडौँबाट ढाका जाने पहिला थियो ।

अब संसारमा अल्पाइन एक्टिभिटजहरु एकदम लोकप्रिय छ । यी कुराहरू धनाढ्य मान्छेहरूले सोखमा पर्छन् । जस्तो हाम्रो कति तिलिचो लगायतका लेकहरू छ महिना त हाम्रो जमिन हुन्छ ।

हिउँ परेका बेलामा त्यो ठाउँमा हामीले उपयोग गरेर ‘स्की’ होला वा ‘आइसहकियो’ होला यस्ता कुराहरू हामीले धेरै रूपमा विकास गर्नसक्छौँ ।
शाहकाअनुसार नेपाल पर्यटन बोर्ड र क्रिकेट एशोसिएसनबीच एनपीएल एनपीएल क्रिकेटलाई ब्रान्डिङ गर्ने सम्झौता हुनु सुखद् हो । उनकाअनुसार अब यसलाई ब्रान्डिङ गर्न प्राइभेट सेक्टर पनि यसमा लागि पर्नेछ । अहिले नै यो एनपीएल गर्दा होटल क्षेत्रले राम्रो लाभ लिएको शाहको भनाइ छ ।

अध्यक्ष शाहले भने ‘एनपीएलमा जुन सहभागी आठ फ्रेनचाइज टिमहरू छ उनीहरू चाहिँ तारे होटलमा बसेका या छन् । तारे होटलमा बस्दा खेरि अब त्यो झन्डै एक महिनाको चल्छ । एक महिना भन्दा बढी उनीहरू बस्नेछन् । रुम बुकिङ हुँदा होटल क्षेत्र चलायमान भएको छ भने सानातिना रेस्टुरेन्ट, सार्वजनिक यातायात समेत चलेका छन् । त्यस्तै, अब कतिपय बाहिरका टिमहरू जनकपुर, लुम्बिनी, पोखरा, सुदुर पश्चिम कर्णालीका समर्थकहरू काठमाडौँ खेल हेर्न आएका छन् । यसले आन्तरिक पर्यटनलाई बढवा समेत दिएको छ ।’

शाहकाअनुसार समग्रमा हेर्दा स्पोर्ट टुरिजमलाई व्यवस्थित गर्न अब व्यवस्थित किसिमले अगाडी बढ्न जरुरी छ । अल्पकालीन र दीर्घकालीन रूपमा के गर्ने भनेर त्यसमा गृहकार्य गर्ने बेला भयो ।

होटल एशोसिएशनकाअनुसार आजको दिनमा पर्यटकको सङ्ख्याहरू बढ्न सकिरहेको छैन । २०२४ मा हेर्ने हो भने ११ लाख ४७ हजार छ । अब २०२५ मा पनि त्यसको हाराहारी मात्रै हाराहारीमा आउने सम्भावना छ । जेन—जी आन्दोलनको पनि असर देखिएकाले बढ्ने सम्भावना नरहेको अध्यक्ष शाह बताउनु हुन्छ ।

शाह भन्छन्–‘हाम्रो चाहिँ १२ लाखको हाराहारीमा पर्यटकको आगमनको तथ्य छ । हाम्रो आजको क्षमता भने ३५ देखि ४० लाख हो । स्ट्याण्डर्ड अनुसारको हामीसँग पूर्वाधारहरू छन् । ७०–७५ वर्षको इतिहासमा हाम्रो पर्यटकको बसाई अवधि उही १२–१३ दिन र पर्यटकले आएर खर्च गर्ने भनेको उही ४०र४५ डलर भन्दा माथि जान सकेको छैनौ । हो यसको लागि चाहिँ स्पोट्र्स टुरिजम नयाँ आयामहरूमा हामीले गर्‍यौँ भने हाम्रो होटेलहरूले सजिलैसँग लाभ लिनसक्छ ।’

उनकाअनुसार होटेलमा लगानी गर्ने व्यवसायहरू यो स्पोट्र्स टुरिजम अगाडी बढोस् भन्ने नै चाहना छ । यसमा आफूहरूले समेत काम गरिरहेको शाहको भनाइ छ ।

‘हाम्रो कुराकानी भइरहेको पनि छ । अब अघि बढ्ने बेला भयो किनभने हाम्रो पूर्वाधार नभएर हामी अलि पछाडि पर्या थियौ, पूर्वाधारै नभएपछि त के गर्नेकुरा मात्रै गर्न भएन । अब पूर्वाधार भयो, कीर्तिपुरको स्टेडियममा रात दिन हामी गेम गर्न सक्छौ । त्यस्तै मुलपानीमा छ, हाम्रो चितवनमा छ, हाम्रो भैरहवामा छ । हाम्रो धनगढीमा पनि एक एक तहको क्रिकेट स्टेडियमहरू तयार छ । त्यसलाई व्यवस्थित गर्ने काम भइरहन्छ,’ शाहले बताए ।

उनकाअनुसार अब सरकारले योजना बनाएर काम गर्नुपर्छ । सबल पक्ष केलेएर नेपालमा सम्भावना भएका सबै खेल खेलाउन गृहकार्य गर्नुपर्छ ।

‘अब हामी पनि एउटा डेभलपिङ कन्ट्रिज हौ । एकैचोटी सुविधा सम्पन्न पर्याप्त लगानी गर्न सक्ने सामर्थ्य हामीसँग नहोला तर हाम्रो क्षमताले भ्याउने धेरै छ । अब हामी अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय लगानी नै ल्याउनसक्छौँ । विदेशी, स्वदेशी लगानी पनि ल्याउनसक्ने हुनाले हामीले अब हामी चाहिँ कस्तो खेल कुन ठाउँमा कुन सिजनमा कसरी गर्ने भन्ने कुराहरूमा क्लियर हुनुपर्यो । सरकारको त्यो खालको नीति हुनुपर्यो । अहिले हामी धेरै महत्वकांक्षी भएर धेरै नगर्दा पनि हुन्छ । जस्तो क्रिकेट त सुरु भइहाल्यो । अर्को गल्फ अथवा म्याथनको गर्न सकिन्छ,’ शाहको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fourteen =