जेनजी आन्दोलनः सिमरामा प्रहरीले हान्यो अश्रुग्यास र हवाई फायर

काठमाडौँ । सिमरामा प्रहरीले एक राउण्ड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको हो ।

जेनजी प्रदर्शनकारीले सडक प्रदर्शन नगर्न गरेको प्रहरीको अनुरोध मान्न अस्वीकार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङले प्रदर्शनकारीहरूले प्रदर्शन रोक्न प्रहरीको आग्रह अस्वीकार गरेपछि स्थिति तनावपूर्ण बनेको बताए ।

अहिले सिमराको मुख्य बजारमा जेनजीका विभिन्न समूहहरूको बैठक जारी छ । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले अतिरिक्त सुरक्षा व्यवस्था तैनाथ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =