एमाले सचिवालय बैठक सुरु
२०८२ मंसिर ४ गते

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
बिहीबार दिउँसोबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा सरकारका गतिविधि, पार्टीको आगामी महाधिवेशन तयारी, राजनीतिक समसामयिक विषयहरूमा छलफल हुनेछ ।
नेकपा एमालेले संसद पुनः स्थापनाको विषय अगाडि बढाएको छ । त्यसबारे पनि बैठकमा छलफल हुने बताइएको छ । साथै बारामा एमाले नेताहरूलाई जान रोकिएको विषयबारे पनि छलफल हुनेछ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पहिलो पटक सचिवालय बैठक बसेको हो । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्ने गरेको थियो ।
२०८२ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








