एनपिएलमा सट्टाबाजी गराउन खोज्ने २ जना पक्राउ

काठमाडौँ । एनपिएलमा सट्टाबाजी गराउन खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत हरियाणा रानीमहाल पानीपत बस्ने २८ वर्षीय दिलप्रित सिंह र भारत चण्डिगढ बस्ने बर्दिया बारबर्दिया नगरपालिका–८
मगरागडी घर भएकी २४ वर्षीया रेविका सिंह ठकुरी रहेका छन् ।

क्रिकेट एशोसियसन अफ नेपालद्वारा मंसिर १ गते देखी मंसिर २७ गते सम्म सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संकरणको क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीहरूलाई स्पोन्सर गर्छौ भनि सामाजिक सञ्जाल ह्वाट्सएप र इन्स्टाग्राम मार्फत सम्पर्क गरी खेलको हारजीतमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका–२ लाजिम्पाटबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =