प्रधानमन्त्री र दलहरूबीचको ‘सर्वदलीय छलफल’ सुरु
२०८२ मंसिर ३ गते

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलहरुबीचको छलफल सुरु भएको छ ।
बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राजनीतिक दलहरूसँग प्रधानमन्त्रीले छलफल सुरु गरेकी हुन् ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनार्थ र सरकारले गरिरहेका काम कारबाहीबारे जानकारी गराउने उद्देश्यले प्रधानमन्त्री कार्कीले बैठक बोलाएका हुन् ।
बैठकमा नेपाली काँग्रेसबाट प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली,महेश बर्तौला, नेपाली कम्युनिष्ट पार्टीबाट राजेन्द्रप्रसाद पाण्डे, वर्षमान पुन लगायतका नेताहरूको उपस्थिति रहेको छ ।
२०८२ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित








