सिमरा विमानस्थलमा जेनजी र एमाले कार्यकर्ताबीच झडप
२०८२ मंसिर ३ गते

काठमाडौँ । बाराको सिमरा विमानस्थल क्षेत्रमा जेनजी युवा समूह र एमाले कार्यकर्ताहरूबीच झडप भएको छ ।
विमानस्थलमा नेकपा एमाले महासचिव शङ्कर पोखरेल, नेता महेश बस्नेत लगायतका नेताहरू आउन लागेको थाहा पाएपछि जेनजी युवाहरू विमानस्थल घेर्न गएका थिए । तर, जेनजी युवाहरूले नाराबाजी गरेपछि अवस्था तनावपूर्ण बनेको थियो ।
जेनजीहरुले एमालेको युवा संघले आयोजना गरेको जागरण सभाको विरोध गर्दै सिमरा विमानस्थलमा तनावको अवस्था सिर्जना भएको हो ।
झडपको समयमा ढुंगामुढा समेत भएको जानकारी प्राप्त भएको छ । स्थिति तनावपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालय बाराले साँझ ८ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको छ ।
२०८२ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित








