‘दुर्गा प्रसाईँको गिरफ्तारी लोकतान्त्रिक भएन’

काठमाडौँ । सामाजिक अभियन्ता ईः ईः ले दुर्गा प्रसाईँलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्यमान्यता र न्याय विपरीत भएको बताएका छन् ।

उनले प्रसाईँको आचरण, शैली र अभिव्यक्तिप्रति सहमत हुन नसकिए तापनि उनलाई पक्राउ गरिएको शैलीमा गम्भीर असहमति जनाएका हुन् ।

उनले नागरिक सरकारबाट अनपेक्षित शक्तिको असमान प्रयोग भएको टिप्पणी गरे । ‘दुर्गा प्रसाईँको आचरण, शैली र अभिव्यक्तिप्रति कदापि सहमत हुन नसकिए तापनि, उनलाई जुन शैलीमा पक्राउ गरियो त्यसप्रति गम्भीर असहमति छ’ उनले भने ।

ईःले यदि प्रसाईँ अवैध काम गर्दै छन् वा हिंसा फैलाउने तयारी गर्दै छन् भने, सरकारले ती प्रमाण सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

उनीले शान्तिपूर्ण प्रदर्शन निषेध गर्ने कदमलाई पनि आलोचना गरे । ‘शान्तिपूर्ण प्रदर्शनलाई अवैध ठहराउनु भनेको हिंसात्मक विकल्पलाई प्रोत्साहन गर्नु हो,’उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 13 =