फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८२ मंसिर ३ गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको हो ।
अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन मंगलबार तोलाको ३ हजार ९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ३ हजार १५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
२०८२ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित








