संसद् पुनःस्थापनाका लागि एमाले सर्वाेच्च जाने
२०८२ मंसिर २ गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन लिएर जाने भएको छ ।
एमालेबाट विघठित प्रतिनिधिसभामा रहेका सदस्यहरूको आजको बैठकले हस्ताक्षरसहित रिट निवेदन लिएर जाने निष्कर्ष निकालेको पार्टीका प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिए । निवेदन दर्ताका लागि बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिइएको छ ।
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि कानुनी उपचार र शान्तिपूर्ण सङ्घर्षमा जानुपर्ने धारणा राखेका थिए ।
२०८२ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित








