नापी कार्यालयका सर्वेक्षक र कार्यालय सहयोगी अख्तियारको नियन्त्रणमा
२०८२ मंसिर २ गते

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका सर्वेक्षक र कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएको छ ।
नापी कार्यालय वीरगन्ज पर्सामा कार्यरत सर्वेक्षक राम प्रमोद राउत र नापी टोली आदर्शनगर पानी ट्याङ्की बिरगंजमा कार्यरत कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
छुट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई एक लाख रुपैयाँ घुस माग गरिएको भन्ने आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता
राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
अख्तियारले उनीहरूलाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित आज नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान भइरहेको छ ।
२०८२ मंसिर २ गते
प्रतिक्रिया








