राष्ट्रियसभाको सचिवमा कँडेल नियुक्त

काठमाडौँ । राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजदेखि लागू हुनेगरी राष्ट्रियसभाको सचिवमा नियुक्ति गरेका हुन् ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, १०६ को उपधारा ९१० बमोजिम काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–८ निवासी कँडेललाई आजदेखि लागू हुनेगरी नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो सभाका सचिव डा सुरेन्द्र अर्यालले दिएको राजीनामा कात्तिक ११ गते राष्ट्रपतिबाट स्वीकृत भएको थियो ।

उनको शपथ आजै दिउँसो ४ः०० बजे सिंहदरबारस्थित कृषि समितिको सभाहलमा हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =