हामी प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी उपचारका लागि अदालत जान्छौँ: ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निः वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनः स्थापनाको माग गर्दै आफूहरू अदालत जाने बताएका छन् ।

मङ्गलवार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा पुनः स्थापनाको काम गर्दै आफ्नो पार्टी कानुनी उपचारका लागि अदालत जाने बताए । अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन संविधान र कानुनसम्मत नभएकाले अदालतले त्यसको पक्षमा फैसला गर्ने कुनै बाटो नभएको जिकिर समेत पटक पटक गरे ।

उनले आफूले सो विषयमा पटक पटक संविधान हेरेको उल्लेख गर्दै प्रतिनिधिसभा विघटन गर्ने काम असंवैधानिक भएको दोहोर्याउनु भयो । वर्तमान सरकारले आफूलाई लोकतान्त्रिक, संवैधानिक छु भन्ने आँट गर्नै नसक्ने ओलीको भनाई थियो ।

उनले भने ‘हामी दुई वटै कदम चाल्दै अघि बढ्ने छौ । एउटा यसलाई अस्वीकार गर्दै कानुनी उपचार खोज्छौ । र यो कोर्टमा न्याय, संविधान नजरमा र यसको संवैधानिक, यी कदमहरूको संवैधानिक परीक्षण हुनुपर्दछ भन्ने हामी ठान्दछौ । अर्को कुनै परीक्षणको फैसला आउने कुनै बाटो नै छैन । पु्नःस्थापनाबाहेक सम्मानित अदालतले गर्ने अर्को फैसला गर्ने अर्को संवैधानिक बाटो नै छैन । मैले पनि धेरैपल्ट संविधान पल्टाए । धेरै पल्ट संविधान हेरेँ । यो पूर्ण रूपमा असंवैधानिक छ । यसले संविधानसम्मत छु भनेर दाबी गर्नै सक्दैन, तर्क पेस गर्नै सक्दैन यसले । संवैधानिक छु, लोकतान्त्रिक छु, लोकतन्त्रको पक्षमा छु यसले भन्नै सक्दैन । यसले भन्ने एउटा कुरा हो भने–अराजकता, आगलागी, तोडफोड र लुटपाटलाई क्रान्ति भनेर क्रान्तिबाट बनेको हो भन्ने ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले अराजकता, आगलागी, तोडफोड र लुटपाटलाई क्रान्ति भन्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =