निर्वाचनमा जानेगरि दल दर्ता गरेका छौँ: बिप्लप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नेता नेत्रविक्रम चन्दले निर्वाचनमा सहभागी हुनेगरी दल दर्ता गरेको बताएका छन् ।

निर्वाचन आयोगमा मङ्गलवार दल दर्ताको प्रमाणपत्र पाएपछि उनले निर्वाचनमा भाग लिने बताएका हुन् ।

उनले माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जाने बताए । नेपाली जनताको सुख, अधिकार, मुक्ति र देशको स्वाधीनताको लागि माओवादीले विभिन्न उतारचढावपूर्ण यात्रा तय गर्दै यहाँसम्म आएको उनको भनाई छ । उनले जनता नै इतिहासको निर्माता भएकोले जनताको माझमा जान लागेको बताए ।

उनले सबै राजनीतिक दलहरूको सहमतिमा निर्वाचन हुने पनि उल्लेख गरे । ढिलो चाँडो निर्वाचन हुने बताउनुहुँदै उहाँले समाजवाद नै आएपनि निर्वाचन हुने बताए ।

उनले भने ‘नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेपाली जनताको सुख, अधिकार, मुक्ति, हाम्रो देशको स्वाधीनताको लागी धेरै उताढचढापपुर्ण यात्रा तय गर्दै यहाँसम्म आएको छ । हामीले सामन्तवाद र विभिन्न खालका दमनकारी सत्ताको विरुद्धमा विद्रोह गरौँ । हामीले जनताको अधिकारको लागी विभिन्न खालका मोर्चाहरूमा सङ्घर्ष गर्यौँ र आज । नेकपा माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जानेगरि दर्तामा सहभागी बनेका छौँ । यो एउटा नयाँ अभियान सुरु भएको छ ।’

निर्वाचन आयोगले मङ्गलवार विप्लव नेतृत्वको माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको चुनाव चिन्ह भने गुलाब रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − eight =