प्रतिनिधि सभा पुनः स्थापना हुनु अपरिहार्य छ: शंकर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विघटित प्रतिनिधिसभा पुनः स्थापना हुनु अपरिहार्य रहेको बताएका छन् ।

मङ्गलवार पार्टी मुख्यालय च्यासलमा पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठकमा बोल्दै उनले पार्टीको सो अडान राखेका हुन् ।

महासचिव पोखरेलले सर्वोच्च अदालतको पटक पटक फैसला र असंवैधानिक ढंगले बनेका प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकाले पनि संविधान र लोकतन्त्रलाई सही बाटोमा ल्याउन पनि प्रतिनिधि सभा पुनस्थापना गर्नुपर्ने पार्टीको मान्यता रहेको समेत स्पष्ट पारे ।

उनले भने ‘असंवैधानिक ढंगले उहाँ प्रधानमन्त्रीमा विराजमान हुनुहुन्छ । संविधानले उहाँलाई चिन्दैन । अर्कोतिर संविधानले नचिन्ने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको अवस्था छ । जनप्रतिनिधिसभा विघटन सर्वोच्च अदालतका पटक पटकका भर्डिकको हिसाबले भन्ने हो भने त्यो असंवैधानिक छ । त्यस अर्थमा सर्वोच्च अदालतको विगतमा भर्डिकहरुका हिसाबले पनि पुनः स्थापना अपरिहार्य छ । र पुनस्थापनाबाट नै लोकतन्त्रलाई सही दिशातर्फ अगाडि बढाउन सकिन्छ भन्ने पार्टीको मत र मान्यता रहेको छ ।’

महासचिव पोखरेलले वर्तमान सरकारलाई संविधानले नचिन्ने भएकाले उसले गराएको निर्वाचनमा सहभागी हुन नमिल्ने जिकिर समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 20 =