मधेसका मुख्यमन्त्रीविरुद्ध नवौं दिन पनि सात दलको विरोध कायमै

काठमाडौं । सर्वोच्च अदालतको फैसलाको पर्खाइमा रहेको ७ राजनीतिक दलले मधेसका मुख्यमन्त्री नियुक्तिको विरोधमा नवौं दिन पनि आन्दोलनको कार्यक्रमलाई जारी राखेका छन् ।

मधेस सरकार गठनसम्बन्धी विवादलाई लिएर दर्ता भएको रिटको सुनुवाइ आज न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा हुँदैछ । यता ७ दलले मंगलवार ९ औं दिन पनि जनकपुरधाममा धर्ना कार्यक्रमलाई जारी राखेका छन् ।

धर्नामा बसेका जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादवले एमालेकै कारण देश अहिले राजनीतिक संकटमा फसेको र मधेसमा पनि एमाले नेतृत्वकै इसारामा अस्थिरता निम्तिएको आरोप लगाए ।

उनले आफूहरु मधेसमा राजनीतिक अस्थिरताको अन्त्य होस भन्ने उद्देश्यका साथ नै आन्दोलनका कार्यक्रमहरु ९र्औँ दिनपनि जारी राखेको बताए ।

मधेसमा एमालेको नेतृत्वमा गठन भएको सरकार संवैधानिक नरहेको र सभामुख रामचन्द्र मण्डलले दलीय अनुकूलको आचरण नगरेको भन्दै ७ दलले मधेशमा आन्दोलन थालेको हो ।

नवौँ दिन मधेस प्रदेश सरकारको मुख्यालय रहेको मधेस भवनको मुख्य ढोकामा नै ७ सात दलका नेता–कार्यकर्ता धर्नामा बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =