केपी ओलीले बनाइदिएको क्रिकेट स्टेडियम जुँगा मुसार्दै कुलमान घिसिङले उद्घाटन गर्नुभयो: महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला बनाउने गरेको उल्लेख गरे । क्रिकेट स्टेडियम तीव्र गतिमा बनाउने लक्ष्य लिएपनि तोकिएको समयभन्दा अलि ढिलो हुन गएको उनले बताए ।

केपी ओलीले बनाइदिएको क्रिकेट स्टेडियम सामाजिक सञ्जालमा आफूलाई हिरोको रूपमा प्रस्तुत गर्ने कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको उनको टिप्पणी छ । शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार साँझ स्तरोन्नति गरिएको त्रिवि मैदानको उद्घाटनसङै नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरेका थिए ।

क्रिकेट संघको अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासम्मले नैतिक हिसाबले कुलमानको उद्घाटनलाई व्यङ्ग्य हुनेगरी व्यङ्ग्य हुनेगरी वक्तव्य दिएको बस्नेतको दाबी छ । उनले हरेक विकास निर्माणमा नेकपा एमाले र केपी ओलीको याद आउने पनि दाबी गरे ।

उनले सोमवारबाट नेपालमा सुरु भएको एनपीएल क्रिकेट खेलको जगतमा निकै महत्त्वपूर्ण भएको पनि बताए । क्रिकेट खेल हेर्ने दर्शकलाई कीर्तिपुरको ठुलो रुखको हाँगामा चढेर हेर्नुपर्ने बाध्यता अब अन्त्य भएको उनको भनाई छ ।

उनले भने ‘आजबाट नेपालमा एनपीएल सुरु हुँदैछ । क्रिकेट खेलको जगतमा यो प्रिमियम लिग निकै महत्त्वपूर्ण लिग हो । धेरै पुरानो कथा होइन, चारपाँच वर्ष अगाडीसम्म पनि क्रिकेट खेल हेर्ने दर्शकहरू कीर्तिपुरको ठुलो रुखको हाँगामा चढेर हेनुपथ्र्यो र कुन बेला हाँगो भाँचिएला र जोखिमपूर्ण दुर्घटनामा परिएला भन्ने चिन्ताले ग्रसित हुनुहुन्थ्यो । केपी शर्मा ओलीज्यूले अघिल्लो कार्यकालमा प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै उहाँले भन्नुभयो र म यो क्रिकेट स्टेडियम तीव्र गतिमा बनाउँछु भनेर उद्घोष गर्नुभयो, तोकिएको समयभन्दा अलि ढिला भयो । केपी ओलीले बनाइदिएको क्रिकेट स्टेडियम सामाजिक सञ्जालमा आफूलाई हिरोको रूपमा प्रस्तुत गर्ने कुलमान घिसिङले हिजो जुँगा मुसार्दै उद्घाटन गर्नुभयो । क्रिकेट संघको अध्यक्षदेखि पारस खड्कासम्मले नैतिक हिसाबले कुलमान जीले गरेको त्यो उद्घाटनलाई व्यङ्ग्य हुनेगरि वक्तव्य दिनुभयो । त्यही भएर हरेक स्टेपमा नेकपा एमाले र केपी ओलीको याद आउनेछ ।’

उनले कतिपय साहित्यकारहरूले ओली याद आउने चिजहरू सबै भत्काइदेऊ भनेर व्यङ्ग्यात्मक कविता नै लेखेको उल्लेख गरे । उनले धरहरा, रानीपोखरी, सुरुङमार्ग लगायतका विकास निर्माणका कार्य केपी ओलीले गरेको बताए । उनले केपी ओलीको विरुद्धमा विदेशी शक्तिहरूले लगानी गरेको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seven =