वर्तमान सरकारले निर्वाचन गराउने कुनै आधार देखिँदैन : एमाले नेता अधिकारी

काठमाडौं । नेकपा (एमाले) नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउन नचाहेको टिप्पणी गरेका छन् । सोमबार जनकपुरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

नेता अधिकारीले सरकारले निर्वाचन गराउने कुनै आधार नदिएको जिकिर समेत गरे । प्रहरीबाट लुटिएका एसएलआरलगायतको हतियारसहित निर्वाचनमा गोलाबारुद्ध हुने सम्भावना विद्यमान रहेकाले आगामी फागुन २१ गते निर्वाचन हुने कुनै सम्भावना नभएको उनको तर्क थियो । नेता अधिकारीले संसद पुनःस्थापना र युवा पुस्ताको सुशासन र भ्रष्टाचार अन्त्यको माग सम्बोधन गरेर मात्रै मुलुकलाई निर्वाचन अघि बढाउन नसकिने अडान समेत राखे ।

उनले भने, ‘कुनै राजनीतिक दलको नेतृत्वमा अभियुक्तहरुलाई फरार बनाइयो । हतियारहरु लुटिएका छन । प्रहरीको पोशाक र लजेष्टिक सामानहरु पनि लुटिएका छन । र कुनैपनि मतदान केन्द्रमा एसएलआर समेत प्रयोग गरेर प्रहरीकै पोशाकमा गोलाबारुद हुने सम्भावना छदैछ । त्यसलाई शान्ति, सुरक्षा, अमनचैन, भयरहित वातावरण बनाउनुपर्ने सरकारको पहिलो कर्तव्य हो । त्यो काम उसले गरेकै छैन । पूर्वाधार बनाएकै छैन । राजनीतिक दलका भेटनै मन लाग्दैन भन्ने प्रधानमन्त्रीले चुनाव गराउन खोजेको हो भन्ने तपाईलाई लाग्छ र । त्यसैले चुनाव गराउन खोजिएको कुनै आधार नै देखिएको छैन । र, चुनाव हुन्छ भन्ने कुरामा आम जनतालाई विश्वास पनि छैन । अहिले चुनावको वातावरण बनाउनु प¥यो एक । र, संविधान जुन लिक बाहिर छ । त्यसलाई लिकमा ल्याउन संसद पुनस्थापना गर्ने र युवा पुस्ताका मागहरु सुशासन र भ्रष्टाचारको अन्त्य जुन माग उनीहरुले गरेका छन ।’

नेता अधिकारीले राजनीतिक दलका नेताहरुलाई भेट्नै मन लाग्दैन भन्ने प्रधानमन्त्रीले निर्वाचन गराउँछन् भनेर भन्न नमिल्ने समेत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nine =