जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा यादव

रुपन्देही । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा राम अवतार यादव निर्वाचित भएका छन् ।

आज रुपन्देहीको भैरहवामा सम्पन्न अधिवेशनले यादवको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

रुपन्देहीको सियारी गाउँपालिका–५ निवासी यादवले यसअघि पार्टीको प्रदेश कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी जसपा नेपाल रुपन्देहीको पूर्व जिल्ला अध्यक्ष पनि हुन् ।

जसपा नेपाल केन्द्रीय निर्वाचन आयोगका सचिव ई. मनोज कुमार वर्माका अनुसार प्रदेश समितिको उपाध्यक्षमा चन्द्रधामा रैदास, मोहम्मद असलम खान र रेनु सिंह निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा शिव कुमार चौधरी (थारु), इना मुल्लाह फकिर, शिवपुजन यादव र कोषाध्यक्षमा बच्चुलाल केवट निर्वाचित भएका हुन् ।

एकताको प्रथम लुम्बिनी प्रदेश अधिवेशन–२०८२ को शनिवार पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेको केन्द्रीय सदस्य विद्या प्रसाद यादवले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =