दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत

काठमाडौं । नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले आईतवार निर्वाचन पुगेर नयाँ पार्टीका लागि सनाखत गरेका छन् ।

अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा रहेको दल ‘नागरिक बचाउ दल, नेपाल’को लागि उनले सनाखत गरेका हुन् । दलको प्रश्तावित अध्यक्ष समेत रहेका कल्पितले आयोगमा पुगेर सनाखत पत्रमा हस्ताक्षर गरेका छन् ।

सनाखतपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष कल्पितले आगामी प्रतिनिधि सभा निर्वाचनमा गरिब र नागरिकका मुद्दामा आधारित स्पष्ट एजेण्डा लिएर चुनावी मैदानमा उत्रिने दाबी गरे ।

उनले परम्परागत राजनीतिक शक्तिहरूले जनताको सरोकार बिर्सिएको अवस्थामा आफ्नो दल वैकल्पिक शक्तिको रुपमा उभिने दाबी समेत गरे ।

उनकाअनुसार दलले गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मूल एजेण्डा बनाई चुनावमा जानेछ ।

उनले आगामी निर्वाचनमा मतदाताको विश्वास जितेर सिंहदरबार र संसद् भवनसम्म जनताको मुद्दा लैजाने लक्ष्य दलको रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =