ग्रेस इन्टरनेशनल १९ औं वर्षमा प्रवेश, प्रभावकारी सेवा दिने उद्घोष

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशन १९ औं वर्षमा प्रवेश गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ग्रेस इन्टरनेशनलले काठमाडौंको पुतलीसडक, चितवन, हेटौंडा, बिराटनगर, पोखरा, दमक, पर्सा, कावासोती, बुटवल, बिर्तामोड, दमौली र बागलुङमा पनि शाखा संचालन गरिरहेको छ ।

१२ भन्दा बढी देशमा शाखा स्थापना गरी ग्रेस इन्टरनेशनलले सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्रेस इन्टरनेशनलले विद्यार्थीलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्याण्ड लगायतका देशमा अध्ययनका अवसर प्रदान गर्दै आएको छ ।

विश्वव्यापी शिक्षामा नेपाललाई अगाडि बढाउने लक्ष्यसहित, संस्थाले विद्यार्थीको भविष्य निर्माणका लागि निरन्तर सेवा प्रदान गरिरहेको छ ।

वैदेशिक उच्च शिक्षाका लागि विद्यार्थीलाई सहज ढंगले प्रभावकारी सेवा प्रदान गर्दै आएको ग्रेस इन्टरनेशनलले शैक्षिक परामर्श संस्थामध्ये आफूलाई अब्बल सावित गर्न सफल भएको ग्रेस इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेल (एन्ड्रयु)ले बताए ।

उनले भने, ‘१९ वर्षको दौरानमा छौ । १९ वर्षको इतिहासमा धेरै नेपाली विद्यार्थीहरुको भविष्यका लागि विभिन्न देशहरुमा गएर विभिन्न क्रियाकलापह साथ दिने र सही दिशा देखाउने काम गरिरहेका छौ । जसले गर्दा विद्यार्थीले आफ्नो भविष्यमा विदेशमा गएर केही गर्छु भन्नेहरुका लागि सहि गन्तव्य र विश्वविद्यालय छनोटमा सहयोग गरिरहेका छौ ।’

साथै, उनले भविष्यमा नेपाललाई पनि अन्तर्राष्ट्रिय विद्यार्थीको गन्तव्य बनाउने कुरामा अनुसन्धान गरिरहेको भन्दै भविष्यमा नेपाल आएर पढ्न चहाने विद्यार्थीहरुलाई पनि सहयोग गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 15 =