मुख्यमन्त्री उपस्थित भएको भन्दै प्रदेश प्रमुखद्वारा आह्वान बैठक बहिष्कार

काठमाडौँ । मधेसका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत ७ राजनीतिक दलले बहिष्कार गरेका छन् ।

प्रदेश प्रमुख लाभले आज आह्वान गरेको सर्वदलीय बैठकमा ७ दलका नेता कार्यकर्ताहरू सहभागी नभएर बैठक बहिष्कार गरेका हुन् ।

सर्वदलीय बैठकमा वर्तमान मुख्यमन्त्री सरोजकुमार यादव सहभागी भएकाले अन्य राजनीतिक दलले बैठक बहिष्कार गरेका हुन् ।

जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले असंवैधानिक रूपमा नियुक्त भई होटेलमा शपथ खाएका वर्तमान मुख्यमन्त्री सो बैठकमा सहभागी भएकाले सात दलीय गठबन्धनले बहिष्कार गरेको बताए ।

प्रदेश प्रमुख लाभले मधेसमा देखिएको वर्तमान राजनीतिक संकट समाधान गर्ने अभिप्रायले सर्वदलीय बैठक आह्वान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twelve =