मुलुकको सुरक्षा व्यवस्थालाई सुदृढ नगरी निर्वाचनमा जानु हुँदैन : कल्याण श्रेष्ठ
२०८२ कार्तिक २८ गते

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सुरक्षा व्यवस्थालाई बलियो नबनाई निर्वाचनमा जानसक्ने अवस्था नरहेको बताएका छन् ।
नागरिक समूहले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको आत्मवलनै कमजोर भएको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई सुदृढ बनाएर मात्रै निर्वाचनमा जानसक्ने अवस्था हुने बताए ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जेनजी पुस्ताको परिवर्तनको आकांक्षालाई रुपान्तरण गर्न सक्ने अवस्था नबनाई निर्वाचनमा गए त्यसले मुलुकको हित नगर्ने जिकिर समेत गरे ।
उनले मुलुकलाई जोगाउन पनि सुरक्षाको प्रत्याभुति सुदृढ बनाउने कामलाई बढी जोड दिनुपर्ने आवश्यकता आँैल्याए ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले निर्वाचनमार्फत मुलुकलाई अघि बढाउन संविधान संशोधन पहिलो सर्त रहेको समेत दोहोर्याए ।
२०८२ कार्तिक २८ गते
प्रतिक्रिया
सम्बन्धित








